स्वास्थ्य बिमा प्रति नागरिकाको आकर्षण बढ्दैँ

   View More
    February 12, 2020

पूर्णबहादुर खड्का, माघ १६ अछाम / अछाम जिल्लामा पछिल्लो समयमा स्वास्थ्य बिमा गर्नेको संख्या ह्वात्तै बढेको छ । नागरिकहरु आफ्नो स्वास्थ्यको बारेमा जागरुक हुदै गएपछि बिमा गर्नेको संख्या बढेको हो ।

जिल्लाका नागरिकहरु पछिल्लो समयमा स्वास्थ्य बिमा प्रति आर्कषित भएका छन् । जसको कारण अछाम जिल्लामा हालसम्म बिमा गर्नेको संख्या २६ हजार ९ सय १४ पुगेको स्वास्थ्य बिमा बोर्डका अछाम फिल्ड संयोजक प्रेम बहादुर बुढाले बताउनु भयो ।

पछिल्लो १ लाख बराबरको सेवा पाउने भन्ने निर्णय पछि स्वास्थ्य बिमा गनेृको संख्या बढेको स्वास्थ्य संयोजक बुढाले बताउनु भयो । ३५ सय प्रिमियम तिरेपछि ५ जना परिवारले १ लाख बराबरको सेवा पाउने व्यावस्था स्वास्थ्य बिमामा गरिएको छ ।

५ जना भन्दा बढी परिवार भएका सदसयको लागि थप एक जना बराबर ७ सय प्रिमियम तिरेमा २० हजार बराबरको थप सेवा लिन पाउने व्यास्था मिलाईएको स्वास्थ्य बिमा बोर्डले जनाएको छ ।

स्वास्थ्य बिमामा सबै जनता आवद्ध हुन प्रेरित हुन भन्ने उद्देश्यले उपचार शुल्क ५० हजार बाट १ लाख पुर्याईएको स्वास्थ्य बिमा बोर्ड सुदुरपश्चिमका संयोजक जनक साँउदले बताउनु भयो ।

यता न्याय हेल्थ नेपालद्धारा संचालित बयालपाटा अस्पतालमा स्वास्थ्य बिमामा आबद्ध भएकालाई उपचारमा समेत ग्राहयता दिन सुरु गरिएको छ । स्वास्थ्य बिमामा आबद्ध भएका बिरामी अस्पतालमा आएमा नाम दर्ता देखी उपचारमा पनि छिटो पालो र सहजता बनाईएको सहायक मेडिकल निर्देशक डाक्टर पवन केबी अग्रवालले बताउनु भयो ।

स्वास्थ्य बिमामा सबै जनता आवद्ध भई आफ्नो उपचार सुनिश्चित तथा यसप्रति प्रेरित हुन भन्ने उद्देश्यले पनि अस्पतालमा यस्तो अवधारणा ल्याईएका निर्देशक अग्रवालको भनाई छ ।

साथै उहाँले सबै जनता तथा सेवाग्राहीलाई स्वास्थ्य बिमामा आबद्ध हुन आग्रह समेत गर्नुभएको छ ।