साँफेबगरमा सुपकै ठुलो धनराशीको भलिबल प्रतियोगिता हुने
View Moreपूर्णबहादुर खड्का, २८ माघ अछाम / अछामको साँफेबगरमा सुदूरपश्चिम प्रदेशकै ठुलो धनराशीको भलिबल प्रतियोगिता हुने भएको छ । जिपी कोईराला प्रतिष्ठान जिल्ला शाखा अछामको आयोजनामा ठुलो धनराशिको प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ ।
स्वर्गिय पूर्व प्रधानमन्त्री एवंम नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोईरालाको स्मृतीमा प्रजातन्त्र दिवसको अवसर पारी भलिबल प्रतियोगिताको आयोजना गरिएको जिपी कोईराला प्रतिष्ठान अछामका अध्यक्ष यज्ञराज ढुंगानाले बताउनु भयो ।
आयोजकका समितिका संयोजक एवंम प्रतिष्ठानका अध्यक्ष ढुंगानाका अनुसार पुरुस्कार राशिको बिवरण आउदो फागुन ३ गते हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराईने छ ।
उक्त प्रतियोगतामा सुदुरपश्चिम प्रदेशका बिभिन्न जिल्ला, पालिका, संघसंस्था, कर्मचारी तथा व्यक्तीगत रुपमा टिम दर्ता गर्न पाउने छन् ।
प्रत्येक टिमबाट १४ जना खेलाडी सहभागी गराईने उक्त प्रतियोगितामा कुनै ३ जना खेलाडी प्रदेश भन्दा बाहिर बाट पनि सहभागी गराउन पाउने व्यावस्था रहेको आयोजक संस्था प्रतिष्ठानका सचिव कृष्ण कुवँरले बताउनु भयो ।
बिभागिय क्लबबाट नेपालको प्रतिनिधत्व गरी अन्तराष्टिय स्तरको प्रतियोगितामा सहभागी भएको खेलाडी सुदूरपश्चिमको भएतापनि उक्त खेलाडी बाह्य ३ जनामा गनिने सचिव कुवँरले उल्लेख गर्नुभयो ।
खेलमा कुनै पनि बिदेशी टिम तथा व्यक्तलाई सहभागी नगराउने नियम बनाईएको भन्दै सचिव कुवँरले टिम दर्ता गर्ने समयमा प्रत्येक खेलाडीको नागरिकता पेश गर्नु पर्नेछ ।
टिम दर्ता शुल्क ११ हजार तोकिएको उक्त भलिबल प्रतियोगितामा प्रथम देखी सान्तवनासम्म पुरुस्कार राशी रहेका र भलिबिलका बिभिन्न बिधामा समेत पुरुस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
भलिबल प्रतियोगिताले भम्रण बर्ष २०२० लाई सफल पार्न समेत टेवा पुग्ने विश्वास गरिएको प्रतिष्ठानका अध्यक्ष ढुंगानाको भनाई छ ।