बयालपाटा अस्पतालको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्य मन्त्री भट्ट

   View More
    February 12, 2020

माघ १ अछाम । 

सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले बयालपाटा अस्पतालको सम्रग विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नु भएको छ ।

बयालपाटा अस्पतालको अनुगमन तथा निरिक्षण गर्दे मुख्य मन्त्री भट्टले उक्त कुरा उल्लेख गर्नुभएको हो । मुख्यमन्त्री भट्टले बयालपाटा अस्पतालले स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै सुबिधा सम्पन्न तथा बिशेषज्ञ समेत सेवा दिईरहेकाले प्रदेश सरकारले यसको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

मकर संक्रान्ति मेलाको अवसरमा अछाम पुग्नुभएका मुख्य मन्त्री भट्टले प्रदेश सरकारले अस्पतालको लागि गत बर्ष पनि सहयोग गरेको उल्लेख गर्दे आगामी दिनमा पनि आवश्यक्ता हेरेर सहयोग गरिने बताउनु भयो । सेवा सुबिधालाई थप गुणस्तरयि बनाउन आवश्यक पर्ने रकमका लागि प्रदेश सरकार तयार रहेको उहाँको भनाई छ ।

एक अर्को प्रशंगमा बोल्दै मुख्य मन्त्री भट्टले यस प्रदेशका सबै जिल्ला अस्पतालको स्तर उन्नती गर्ने, आवश्यक सामाग्री लगायत आर्थिक व्यावस्थापन गर्ने प्रदेश सरकारको निति नै अगाडी सारेको बताउनु भयो ।

प्रदेशका विभिन्न जिल्लामा बन्दै गरेको स्वास्थ्य संस्थाका भवनहरुको निर्माण प्रक्रिया तिव्र बनाउनुका लागि आवश्यक अनुगन गर्ने, जिम्मा लिकाहरुलाई ताकेता गर्ने र भने अनुसार काम नभएमा कारबाही समेत गर्ने उहाँको भनाई थियो ।

मुख्य मन्त्री संगै सुदुरपश्चिम प्रदेशका समाजिक विकास मन्त्री कृष्ण राज सुवेदी, अर्थ मन्त्री झपट बहादुर बोहरा, प्रदेश साँसद, अछाम जिल्लाका समन्वय समिती प्रमुख नरबहादुर कुवँर, र मंगलसेन र साँप्mेबगर नगरपालिकाका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

मुख्य मन्त्री भट्टले आजै नेपालका चार धाम मध्येको एक अछामको बैद्यनाथ धाममा आयोजना गरिएको मकर संक्रान्ति मेलालाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

https://www.youtube.com/watch?v=ZDCK8KVsRgs&t=4s