चौरमाण्डौँ प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालको रुपमा संचालन
View Moreपूर्णबहादुर खड्का, २१ माघ अछाम ।
अस्पताल संचालनपछी दुखी बिरामीको घाँउमा मलहम लाग्ने स्थानियको विश्वास, स्वास्थ्य सेवालाई थप सुदृढ र प्रभावकारी बनाउन गाँउपालकिाले सधैँ सहयोग गर्नेमा अध्यक्ष साँउदको जोड ।।
अछामको चौरपाटी गाँउपालिका अस्पताल स्तरिय सेवा सुर भएको छ । चौरपाटी गाँउपालिकामा रहेको चौरमाण्डौँ प्राथमिक स्वास्थ्य केन्द्रका सेवालाई थप व्यवस्थित तथा गुणस्तर सुधार गर्दै निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ अस्पतालको रुपमा संचालन गरिएको हो ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय संग न्याय हेल्थ नेपालको सम्झौता पश्चात गाँउपालिकाको सहकार्यमा उक्त सेवा सुरु गरिएको छ । आईतबार एक उद्घाटन कार्यक्रमको आयोजना गरि अमेरिकी संस्था पष्बिलका प्रमुख कार्यकारी अधिकृत डाक्टर डंकन मारु, न्याय हेल्थ नेपालका कार्यकारी निर्देशक एसपी कलौनी तथा गाँउपालिकाका अध्यक्ष हर्क साँउदले सयूक्त रुपमा रिबन काटेर सेवा सुभारम्भको घोषणा गरेका हुन ।
घोषणा पश्चात न्याय हेल्थ नेपालबाट चौरमाण्डौँका लागि खटिएको डाक्टर बिप्लव श्रेष्ठ नेतृत्वको स्वास्थ्यकर्मीको समुहले एक जना बिरामीको उपचार गरेसंगैँ सेवा सुरु भएको पुष्टी भएको हो ।आफ्नो गाँउ नजिककै अस्पताल संचालनमा आएपछि स्थानिय निकै खुशी भएका छन । बिगतको स्मण गर्दै गाँउका समाजसेवी जयबहादुर साँउदले भन्नुभयो यसठाँउमा स्वास्थ्य चौकी स्थापना गर्न निकै ठिलो संघर्ष गर्नु परेको थियो अव अस्पताल संचालमा आएपछी दुखी बिरामीको घाँउमा मलहम लाग्ने विश्वास छ ।
यस क्षेत्रका धेरै जनताले उपचार अभावमा अकालमै ज्यान गुमाउनु परेको तिता्े यर्थात सुनाउदै समाजसेवी साँउदले भन्नुभयो न्याय हेल्थ नेपालले अछाममा बयालपाटा अस्पताल संचालन गरेपछि अकालमा ज्यान गुमाउने दिन कम भएका थिए अब घरदैलोमै स्वास्थ्य उपचार पाउने भएकोमा खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै गाँउपालिकाका अध्यक्ष हर्क साँउदले विकासका हरेक क्षेत्रमा चौरपाटी गाँउपालिकालाई समृद्ध बनाउन लामो संघर्ष गरिरहेको भन्दै हरेक नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन नयाय हेल्थको सेवालाई आफ्नो गाँपालिकामा प्रबेशष गराउन सफल भएको बताउनु भयो । स्वास्थ्यका लागि अब चौरपाटीको ढोका सधैँ खुल्ला भएको भन्दै अध्यक्ष साँउदले समुदायले सहज सेवा पाउने विश्वास व्यक्त गरे । स्वास्थ्य सेवालाई थप सुदृढ र प्रभावकारी बनाउन गाँउपालकिाले सधैँ सहयोग गर्ने र यसमा सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा समेत उहाँको जोड छ ।
स्वास्थ्य सेवालाई पालिका सम्म पुरयाउन सहकार्य गरेकोमा न्याय हेल्थ नेपाल र सम्रग टिलाई उहाँले धन्यवाद समेत ज्ञापन गर्नुभएको छ । कार्यक्रममा पसिबल हेल्थका प्रमुख कार्यकारी अधिकृत डाक्टर डंकन मारुले १० बर्ष पहिले अछाम जिल्लामा आएको कुरा स्मरण गर्दै यहाँको अवस्था हेर्दा स्वास्थ्य क्षेत्र एकदम जटिल अवस्थामा भएकाले सुधारका लागि आफुले सहयोग तथा पहल गर्दै आएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै न्याय हेल्थ नेपालका कार्यकारी निर्देशक एसपी कलौनीले दिगो विकास लक्ष्य हासिल गर्न सरकार, नागरिक समाज र गैरसरकारी पक्षको साझेदारी एवंम बृहत सभागितामा सबल पक्षको उपयोग गर्दै स्वास्थ्य, शिक्षा जस्ता अत्यावश्यक सेवाहरुको व्यायवस्थापन र गुणस्तर सुधार गर्न एकबद्ध भई जुट्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर विकास गौचनले स्वास्थ्यमा अछामले गतिलो फड्को मारेको उल्लेख गर्दै चौरमाण्डौँलाई देशकै नमुना स्वास्थ्य सेवा बनाउन साथ र सहयोग गर्न आग्रह गर्नुभयो । साथै उहाँले पैसा अभावले कैसले पनि स्वास्थ्य सेवा वाट बञ्चित हुन नपरोस सहजै सबै नागरिकले निशुल्क सेवा पाउन भन्ने मुख्य ध्ययेका साथ संस्थाले काम गरिरहेको समेत उहाँको भनाई छ ।
कार्यक्रममा सहभागी स्थानिय, जनप्रतिनिधी तथा पार्टी प्रतिनिधीले बोल्दै यस क्षेत्रका जनताको सहज स्वास्थ्य सेवा पाउने सपना पुरा हुने विश्वास लिएका छन । यस अघि २०७४ देखी नै संस्थाले गाँउपालिकामा सामुदायिक स्वास्थ्य कार्यक्रम संचालन गरिरहेको छ । सामुदायिक स्वास्थ्य कार्यक्रम मार्फत हालसम्म २७ हजार जनालाई सेवा प्रदान गरिएको छ भने कार्यक्रमलाई प्रभावकारी र गुणस्तरिय बनाउन निरन्तर र सही परार्मश आवइश्यक रहेको सामुदायिक स्वास्थ्य कार्यक्रम सहायक यशोदा भाटको भनाई छ ।
कार्यक्रम अनर्तगत हाल चौरपाटी गाँउपालिकामा सुत्करी सेवा, प्रसवपूर्व सेवा, २ बर्षमुनकिा बालबालिकालाई स्वास्थ्य सेवा प्रवाह भईरहेका सामुदायिक स्वास्थ्य नर्स स्नेहा कठायतले बताउनु भयो । नेपाल सकारकारको सरकारी गैरसरकारी साझेदारी अवधारणा अनुसार निशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल संचालन गरिने भएको हो । अस्पताल संचालन पछि राष्टिय स्वास्थ्य बिमा कार्यक्रम तथा कार्य सम्पादनका आधारमा चौरमाण्डौँले अनुदान प्राप्त गर्ने प्रावधान रहेको छ ।
न्याय हेल्थ नेपालले एक दशक देखी नेपालका दुर्गम क्षेत्रका समुदायहरुलाई अस्पताल सहतिको सामुदायिक स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ । नेपाल सरकारसंगको साझेदारी तथा सहकार्यमा सुदूरपश्चिमको अछाममा बयालपाटा अस्पतालबाट र २०७२ सालको भुकम्प पछि दोलखा चरिकोट अस्पताललाई व्यवस्थापन गर्दै निशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ ।
३ सय ७० जना कर्मचारीहरु सहति बार्षिक रुपमा १ लाख ६५ हजार भन्दा बढी बिरामीलाई निशल्क स्वास्थ्य सेवा प्रदान गरिरहेको यस संस्थाले स्थापनाकाल देख नै स्वास्थ्य सेवालाई सर्भसलुभ बनाउदै एकिकृत सवास्थ्य प्रणाली मार्फत ७ लाख बढी बिामीहरुलाई प्रत्यक्ष रुपमा सेवा दिईसकेको छ ।
न्याय हेल्थ नेपालले सरकारी स्वामित्वमा रहेका स्वास्थ्य संस्थाहरुको सुधार ल्याउने, स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण दिने, सामुदायिक स्वास्थ्यकमीहरुद्धारा घरघरमा सेवा दिने, कागज रहित सेवा –बिद्युतिय अभिलेख राख्ने तथा राष्टिय निति निर्माणमा सहयोग हुने खालका अनुसन्धान गर्नै उद्देश्यका साथ काम गरिरहेको छ ।