अछाममा ५० जना कुष्ठ रोगी रहेको तथ्याङ्क सार्वजनिक

   View More
    February 12, 2020

पूर्ण बहादुर खड्का, माघ १४ अछाम ।

अछाम जिल्लामा ५० जना कुष्ठ रोगि रहेको तथ्याङ्क सार्वजनिक भएको छ । स्वास्थ्य कार्यालय अछामले सार्वजनिक गरेको तथ्याङ्कमा जिल्लाका विभिन्न स्थानीय तहमा गरी उत्तः संख्यमा रोगी रहेको पाईएको हो ।

जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा सेवा लिन आएको तथ्यांक अनुसारको ५० जनामा कुष्ठ रोगि भेटिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताए ।

तहगत तथ्याङ्क अनुसार जिल्लाको रामारोशन गाउँपालिकामा ८ जना, बान्नीगढी जयगढ गाउँपालिकामा २ जना, मेल्लेख गाउँपालिकामा १ जना, तुर्माखाद गाउँपालिकामा १ जना, ढकारी गाउँपालिकामा १ जना कुष्ठ रोगि रहेका छन् ।

यस्तै पञ्चदेवल बिनायक नगरपालिकामा ८ जना, साँफेबगर नगरपालिकामा ७ जना, कमलबजार नगरपालिकामा २ जना, चौरपाटी गाउँपालिकामा १ जना र मंगलसेन नगरपालिकामा १९ जना कुष्ठ रोगि रहेको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

५० जना कुष्ठ रोगका बिरामी मध्ये ४७ पुरुष, २ बालबालिका र १ महिला रहेका छन् । रोग सर्ने दर कम गर्न जिल्लामा विभिन्न कार्यक्रम चलिरहेको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले जानकारी दिनु भयो ।

बिरामीहरु अपांगता भईसके पछि मात्रै उपचारमा आउने भएकोले समस्या हुने गरेको उहाँको भनाइ रहेको छ । लक्षण देखिनासाथ वा कुनै संका लागेमा समेत स्वास्थ्य संस्था जान उहाँले आग्रह समेत गर्नुभयो ।

हाल सुदुरपश्चिम प्रदेशमा २ सय ६६ जना कुष्ठ रोगि रहेको तथ्याङ्क पनि सोहीक्रममा सार्वजनिक गरिएको थियो । सुदूरपश्चिम प्रदेशमा प्रकोपका हिसाबले कैलाली पछि दोस्रो नम्वरमा अछाम जिल्ला रहेको पाईएको छ ।

नेपालमा आर्थिक वर्ष २०७५÷७६ मा नयाँ पत्ता लागेका ३ हजार २ सय ८२ जना मध्ये महिला १ हजार १ सय ४३ जना रोगी रहेको तथ्याङ्क छ ।